बजार संक्षेप

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

    2019-07-14

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने दुई मेसिन हस्तान्तरण गरेको जनाएको छ। 
माइती नेपालमा रहेका असहाय युवती र महिलालाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा सशक्तीकरण गराउने उद्देश्यले प्रोत्साहनस्वरुप उक्त मेसिन हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माइती नेपालद्वारा आयोजित कार्यक्रममा आसियान एन्ड साउए एसियाका सिइओ जुडी सू र बैंकका सिइओ अनिर्वाण घोष दस्तिदारले उक्त मेसिन माइती नेपालका अध्यक्ष विश्व खड्कालाई हस्तान्तरण गरेको जनाइएको छ । 
 

यसमा तपाईको मत