बजार संक्षेप

श्रीयोग डट कमको औपचारिक शुभारम्भ

  नागरिक   2019-09-12

काठमाडौँ- मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रा. लि. ले श्रीयोग डट कम (www.sriyog.com) नामक वेभसाइटबाट यस्तो सेवा दिन थालेको हो। यस डिजिटल प्लाटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई आम्दानीको बाटो सिर्जना गर्नु रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 

यसका लागि डिजिटल प्लाटफर्ममा विभिन्न १८ वटा मुख्य समुह, १ सय ५० भन्दा बढी उप–समुह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्टटाईम काम गर्ने मौका दिने गरेको जानकारी दिइएको छ। 

यस अनलाइनमा आफूलाई सूचिकृत गर्न चाहने ब्यक्तिले (www.sriyog.com) मा गएर आफूलाई दर्ता गराउनु पर्छ । दर्ता गराउन मोवाइल वा इमेल ठेगाना आवश्यक हुन्छ । दर्ता गराउँदा आफ्नो ब्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचिकृत भएका ब्यक्तिहरुलाई रोजगार दाताले उनीहरुको ब्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सकिने जनाएको छ । 

डिजिटल प्लाटफर्म श्रीयोग डटकमले पार्टटाइम काम गर्ने, वा भनौ केही न केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ। सो लिस्टअन्तर्गत आफूलाई चाहिएको व्यक्ति र उसले दिने सेवालाई फोनमा सम्पर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिनेछ । 

श्रीयोग डटकम विभिन्न १८ वटा मुख्य समुह अनि १ सय ५० भन्दा बढी उपसमुहमा स्थानको आधारमा प्रदेश, जिल्ला, शहर र ठाँउ (उदाहरणका लागि, प्रदेश नं. १ भित्र मोरंग जिल्ला, त्यस भित्र बिराटनगर, अनि त्यसमा पोखरीया भन्ने स्थान), काम गर्ने, या भनौ सेवा दिने व्यक्तिहरुको विवरण राखिनेछ, जसले त्यस्तो काम गर्ने या भनौ सेवा दिने व्यक्तिहरुलाई खोजिरहेको अवस्थामा, त्यस्तो कामदार खोज्ने व्यक्ति र काम गर्ने व्यक्तिलाई वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम श्रीयोग डटकमले  गर्ने जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत