बजार संक्षेप

शृंखला बज्रग्रुपको ब्रान्डदूत

  नागरिक   2020-01-02

काठमाडौँ- बज्रग्रुपले पूर्व मिस नेपाल शृंखला खतिवडालाई एक वर्षका लागि आफ्नो ब्रान्डदूत नियुक्त गरेको छ ।  खतिवडाले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगितामा संसारभर विशेष प्रभाव पारेको तथा पेसाले आर्किटेक्ट रहेकाले बाथरुम र निर्माण सामग्री उत्पादन गर्ने सेनेटरी व्यवसायसँग सम्बन्धित रहेको हुँदा ब्रान्डदूत नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनीले विगत २८ वर्षदेखि विविध प्रकारका सेनेटरी उत्पादन वितरण गर्दै आएको छ । बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामग्री र इसेम्बल्सलगायत सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगटेको छ ।
 

यसमा तपाईको मत