बजार संक्षेप

एभरेस्ट एनआरएन बचत खातामा विशेष सुविधा

  नागरिक   2020-01-08

काठमाडौं– एभरेस्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरायसी नाम बन्नका लागि बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउने उद्देश्यले एनआरएनएसँग सहकार्य गरेको छ ।
उक्त सम्झौतामा एनआरएनएका प्रमुख कार्यकारी निर्देशक हेमन्तकुमार दवाडी, बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगीले हस्ताक्षर गरेका छन् ।
बैंकले एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैंकिङ, ई–स्टेटमेन्ट, एबिबिएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने जनाएको छ ।
हाल बैंकले ९५ शाखा, तीन एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर र एक सय २२ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत