बजार संक्षेप

शैक्षिक क्षेत्रमा जम्दै साउथवेस्टन

    2019-07-03

काठमाडौंं– पछिल्लो समय शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा बढेर गएको छ। शैक्षिक संस्थाहरु बढ्दै गर्दा गुणस्तरीयताको प्रश्नसँधै उठ्ने गर्छ । काठमाडौंमै पनि धेरै शैक्षिकसंस्थाहरु खुले पनि गुणस्तरीय शिक्षाका लागि सम्झौता गर्न सकिने अवस्था छैन। यीनै शैक्षिक संस्थाहरुबीच काठमाडौँको वसुन्धरामा अवस्थित करिब १० वर्ष अगाडी खुलेको साउथवेस्टन कलेजले बिद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ।

 करिब ८ रोपनीमा फैलिएको साउथवेस्टनको आफ्नै सुविधा सम्पन्न भवनमा बिद्यार्थीले सहज वातावरणमा उत्कृष्ट शिक्षा ग्रहण गरिरहेको बताउँछन् क्याम्पस प्रमुख राजेन्द्र केसी। उनले साउथवेस्टन आइएसओ प्रमाणपत्र प्राप्त अतर्रास्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान भएको बताए।

विद्यालयअन्तर्गत प्ले ग्रुप देखि दस कक्षासम्म, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, र मानविकी, त्यस्तै स्नातक तहमा बिबिए, बिबिएस, बिएसडब्लु, भने स्नाकोतर तहमा एमबिए तथा एमए अंग्रेजी कक्षा त्यस्तै विधावारिधि हेल्पडेस्क संचालनमा छ। मनोरन्जन, शिक्षा, संस्कार, र संस्कृति आदानप्रदानका लागि साउथवेस्टनले युरोप, अमेरिका, बेलायत, नर्वे, इजिप्ट, टर्की, भारत, चीन लगायत विश्वका विभिन्न देश र भूभागको अन्तरास्ट्रिय शैक्षिक भ्रमण कार्यक्रम आयोजना गर्दै आएको केसीले बताए।         

उनले  वर्तमानमा भएको भौतिक र शैक्षिक पूर्वाधारसहित साउथवेस्टन विश्वविध्यालय स्थापना गर्ने लक्ष्यका साथ् अगाडि बढेको बताए। 'विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय जनशक्ति निर्माणमा यो संस्था निरन्तर लागिपरेको छ।' उनले भने 'यो भनेको विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिनु र बिद्यार्थी आफैले केहि गर्न सकुन भन्ने नै यो संस्थाको मुख्य उदेश्य हो।'
 
साउथवेस्टनका विशेषताहरु
आफ्नै भौतिक पुर्वाधार 
विद्यार्थी आदान प्रदान कार्यक्रम
प्रयोगशाला
आइटी कक्षा
वाईफाई जोन
पुस्तकालय
अडिटोरिअम हल 
स्वास्थ्य सेवा
योगा
खेलकुद
समाजसेवा  
अतिरिक्त शैक्षिक कार्यक्रम

यसमा तपाईको मत