कभर स्टोरी

सोमबार नेप्से परिसूचक १५ अंकले बढ्यो

  नागरिक   2021-09-13

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेको छ। आइतबार ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.३९ अंक बढेर २९६२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत