बजार संक्षेप

संविधान दिवसमा टेलिकमको छुट

  नागरिक   2019-09-19

काठमाडौं– संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । 
यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले तीन जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमको विज्ञप्तिमा उल्लेख छ । 
यो सुविधा असोज १ देखि १५ गतेसम्म उपलब्ध हुने बताइएको छ । यस योजनामा सहभागी हुन एस्ट्रिक १४१५ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्ने बताइएको छ । ३ डिआइजी लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत