बजार संक्षेप

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

  नागरिक   2020-01-19

काठमाडौँ- छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गहुन लागेको हो। कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराकासाथ आयोजना गरिदैँछ। त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रवर्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहने जानकारी आयोजकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको जनाएको छ। कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञ र विद्यार्थीहरुको उपस्थिति रहने छ । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको होटलमा र्याडिसन आयोजन गरिने उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
    
 

यसमा तपाईको मत