बजार संक्षेप

सिभिल बैंकको ९९औं शाखा निजगढमा

  नागरिक   2019-11-27

बारा– सिभिल बैंकले निजगढमा मंगलबार एक कार्यक्रम गरी शाखा सञ्चालनमा ल्याएको छ । 
निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल र बैंक सञ्चालक समिति सदस्य शम्भु थापाले संयुक्त रुपमा निजगढमा ९९औं शाखा उद्घाटन गरेका हुन् । 
मेयर खनालले नगर क्षेत्रभित्र सञ्चालित बैंक, वित्तीय संस्था, उद्योग, व्यवसायले नगरको आर्थिक विकासमा मद्दत गर्नेे र यसका लागि नगरपालिका सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा वित्तीय संस्था, उद्योग–व्यवसाय स्थापना तथा सञ्चालनमा आउने क्रम तीव्र गतिमा रहेकाले ग्राहक तथा उपभोक्तालाई सरल र पहुँचमुखी सेवा उपलब्ध गराउन खनालले सुझाए । 
 

यसमा तपाईको मत