बजार संक्षेप

पुनर्बिमाको सिइओमा ६ जनाको आवदेन

  नागरिक   2019-11-04

काठमाडौं– नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ६ जनाले आवेदन दिएका छन् । कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र युनाइटेड इन्स्योरेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत शेखर बराल, कृषि विकास बैंकका पूर्वकर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी शंकर रायमाझी, नेपाल राष्ट्र बैंकको पूर्वनिर्देशक अशोक पौडेल र नबिल बैंकका पूर्वकर्मचारी ज्ञानेश्वर आचार्यले निवदेन दिएको कम्पनीले जनाएको छ । 
पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी छान्न अर्थ मन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुनर्बिमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य भएको छनोट समिति गठन भएको छ । 
कम्पनीको सिइओले मासिक दुई लाख पाँच हजार तलब र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त पाँच महिनासम्मको प्रोत्साहन भत्ता लगायत सुविधा पाउने व्यवस्था छ । 
 

यसमा तपाईको मत