बजार संक्षेप

सिप्रदियन सहायता संस्थाको सहयोग

  नागरिक   2019-09-06

काठमाडौं– सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदियन सहायता संस्थाले भैरहवाका बाढीपीडित स्थानीय मेकानिक्स टाटा गुरु दिपक दुधराजलाई राहत प्रदान गरेको छ ।
दुधराजले गत महिनाको बाढीमा आफ्नो घर र सम्पूर्ण सम्पत्ति गुमाउँदा घरबारविहीन बन्न पुगेकाले सहयोग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले ५० किलो चामल, पाँच किलो दाल, पाँच लिटर खानेतेल र अन्य खाद्य सामाग्री तथा लत्ताकपडा राहत स्वरुप उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ ।

 

यसमा तपाईको मत