बजार संक्षेप

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो

    2019-07-09

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको समुद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रा. लि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर (सिओओ श्री राजेशप्रसाद गिरी तथा जयदेव प्रा. लि. का संचालक श्री जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक श्री शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको समुद्घाटन गर्नुभयो ।
उक्त अवसरमा बोल्दै दाहालले भन्नुभयो “सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ । हाम्रो सर्भिस टिमले २४सैँ घण्टा सेवा प्रदान गर्छ, र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ ।”
त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर सिओओ श्री राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भन्नुभयो “ कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो, र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौँ कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ।  हाम्रा सेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउछ ।”
जयदेव ट्रेडिङ प्रा. लि ले. पिकअप गाडीहरू, साना कमर्सियल भेइकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ । 
 

यसमा तपाईको मत