बजार संक्षेप

सोमर्स्वीको सदभाव दूतमा गायक सुशान्त

    2019-08-02

काठमाडौँ- सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सीलाई आफ्नो ब्रान्ड एम्बेष्डर बनाएको छ। गोर्खा ब्रुअरीका मार्केट डाइरेक्टर वैभव शर्माले यो सहकार्य दुबैका लागि परिपुरक हुने बताए यो फ्रेन्डशिप महिनामा हाम्रा युवा उपभोक्ताहरु गायक सुसान्तको सांगीतिक धुनसङ्ग रम्दै चिसो सोमर्स्वीको साथमा आफ्ना सम्झनालाई स्मरणीय बनाउने छन्' शर्माले बताए।   

सुशान्त प्रसन्न हुँदै भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमर्स्वीको विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु । ”

सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्टलाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान “सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल ” उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका पाँच सय भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

सोमस्र्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो । 


 

यसमा तपाईको मत