बजार संक्षेप

पालुङ बजारमा सिन्धु विकास बैंक

  नागरिक   2019-08-25

काठमाडौं– सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपाली र बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले निकट भविष्यमै चितवको नारायणगढ, चनौली, विकास चोक, लाहुरे चोक र मकवानपुरको हेटौंडा बजार लगायत स्थानमा शाखा तथा सीमित बैंकिङ एकाइ कार्यालय खोल्ने जनाएको छ ।
हाल बैंकले १७ शाखा तथा सुकेटे तथा सिलढुंगामा सीमित बैंकिङ एकाइ कार्यालय सहित १९ स्थानबाट वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत