बजार संक्षेप

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

  नागरिक   2019-10-17

काठमाडौँ- शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेको छ। यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, विक्री पछिको निः शुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ । 

यसमा तपाईको मत