बजार संक्षेप

सिद्धार्थ बैंकको वृक्षरोपण

    2019-08-27

काठमाडौं– सिद्घार्थ बैंकले टोखाको भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवा रोपेको छ । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा उक्त वृक्षरोपण गरेको विज्ञप्तिमा उल्लेख छ । 
उक्त कार्यपछि एक वर्षसम्म बोट बिरुवाको संरक्षण चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने बैंकले जनाएको छ । बैंकले महाराजगन्ज लाजिम्पाट सडक छेउछाउमा पनि बिरुवा रोपेको जनाएको छ ।
 

यसमा तपाईको मत