बजार संक्षेप

सिदार्थ बैंकको वित्तीय साक्षरता

  नागरिक   2019-11-28

काठमाडौं– सिदार्थ बैंकले युकेएड सक्षम एक्सेस टू फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा दायित्व नेपालसँग सहकार्य गर्दै बुटवलको तिलोत्तमा नगरपालिकामा यस्तो कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी दिइएको जनाइएको छ । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारी सहभागी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत