बजार संक्षेप

सिदार्थ बैंकको वार्षिकोत्सवमा छुट योजना

  नागरिक   2019-12-25

काठमाडौं– सिदार्थ बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको लागि विशेष छुटको योजना ल्याएको छ । वार्षिकोत्सवलाई लक्षित गरी बैंकले पुस  ९ गतेदेखि माघ १० गतेसम्म छुटको योजना ल्याएको जनाएको छ । 
योजना अन्तर्गत दराजमा कार्डमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट, पहिलो दुईपटक पाँच सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा पाँच सय रुपैयाँ क्यास ब्याक, पहिलो दुईपटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस मेसिनमार्फत कारोबार गर्दा तीन सय ८२ रुपैयाँ क्यासब्याक तथा एक महिनाभित्र कम्तीमा तीनपटक गरी कुल १५ हजार रुपैयाँको पपिओएस मेसिनमार्फत कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक र बैंकस्मार्टमार्फत पहिलोपटक अधिकतम पाँच सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत