बजार संक्षेप

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

  नागरिक   2019-12-11

काठमाडौँ- सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमइ कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋण दाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  
सरल एसएमइ कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख्य  सहयोग पुर्याउने बैंकको विश्वास रहेको छ। यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा  महिला उद्यमीहरुका लागि लक्षित गरिएको उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ। 
बैंकले यस कर्जा योजनाका प्रमुख आकर्षणहरू निम्न रहेको जनाएको छ ;
    पुर्व भुक्तानी शुल्क नलाग्ने
    चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा 
    १० वर्षसम्मको आवधिक कर्जा
    निःशुल्क क्रेडिट कार्ड, SMS अलर्ट, इन्टरनेट बैङ्किङ्ग तथा मासिक खाता विवरण
    लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट

सिद्धार्थ बैंकले हाल देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।



 

यसमा तपाईको मत