बजार संक्षेप

सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

  नागरिक   2020-02-12

काठमाडौं– सिद्धार्थ बैंकले युकेएड सक्षम एक्सेस टू फाइनान्सको साझेदारीमा कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी दिने उद्देश्यले गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीको सहभागिता रहेको बैंकले जनाएको छ ।
हाल बैंकले तीन एक्सटेन्सन काउन्टर सहित एक सय ८० शाखा, एक सय एक शाखारहित बैंकिङ सेवा, दुई सय तीन एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत