बजार संक्षेप

मुसिकोटमा सिद्धार्थ बैंक

  नागरिक   2020-02-09

काठमाडौं– सिद्धार्थ बैंकले रुकुमको मुसिकोटमा शाखा सञ्चालनमा ल्याएको छ । 
उक्त शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेको बैंकले जनाएको छ । बैंकले उक्त शाखा २०७५ अषास ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले तीन एक्सटेन्सन काउन्टरसहित एक सय ८० शाखा, एक सय एक शाखारहित बैंकिङ सेवा, दुई सय तीन एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत