बजार संक्षेप

वीरगन्जको मुर्लीचोकमा सिद्धार्थ बैंक

  नागरिक   2019-12-23

काठमाडौं– सिद्धार्थ बैंकले वीरगरन्ज स्थित मुर्लीचोक शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र बैंक सञ्चालक राजेशकुमार केडियाले गरेको बैंकले जनाएको छ । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पहुँच पुर्याउने उद्देश्यले हाल बैंकले चार एक्स्टेन्सन काउन्टरसहित एक सय ७५ शाखा, एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ९५ एटिएम तथा १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत