बजार संक्षेप

सिद्धार्थ बैंकको शाखा मोरङमा

  नागरिक   2019-11-24

काठमाडौं– सिद्धार्थ  बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवालगायत चार एक्सटेन्सन् काउन्टर सहित एक सय ७२ शाखा एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत