बजार संक्षेप

सिचुआन फूड फेस्टिवल हुने

    2019-08-13

 

काठमाडौँ- ह्यात रिजेन्सी काठमाडौँले सिचुआन फूड फेस्टिवल को आयोजन गर्ने भएको छ । सो फेस्टिवल आगामी श्रावण ३१ देखि भाद्र ८ गते सम्म द क्याफेमा आयोजना गरिने छ।

विगत १३ वर्षदेखि चिनियाँ खानाको पारखीहरुलाई आफ्नो विशेषज्ञताबाट पस्केका सेफ यम बहादुर क्षेत्रीको पहलमा काठमाडौँमा सो फेस्टिवलको आयोजना हुन लागेको रिजेन्सीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
सिचुआन खाना यसको विविध स्वादहरू र खाना पकाउने विधिहरू र टिमुरको प्रचुर मात्रा प्रयोगको कारण संसारमा धेरै लोकप्रिय छ।
१० दिने सो फेस्टिवलको क्रममा अतिथिहरुले विभिन्न व्यंजनहरूको स्वाद लिन सक्नेछन। टोमाटो एण्ड एग ड्रप सुप, ग्लास नूडल चाइनिज सलाद, ग्रिल्ड चिकेन वीथ अस्पारागास इन सिराच सस, बटर चिली गर्लिक नूडल जस्ता स्वादिष्ट व्यंजनहरुको खानाका पारखीहरुले स्वाद लिन पाउने उक्त प्रेस बिज्ञप्तिमा जानकारी दिइएको छ।

यसमा तपाईको मत