बजार संक्षेप

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

  नागरिक   2019-10-21

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । करिब २० वर्षदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका श्रेष्ठले स्थापनाकालदेखि नै यस बैंकमा आबद्ध भई विभिन्न ओहदामा रहेर काम गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत श्रेष्ठ शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा राम्रो दक्षता भएकामध्ये पर्ने बैंकले जनाएकोे छ । 
सिटिजन्सले निक्षेप तथा कर्जा, अनलाइन, रेमिट्यान्स, आस्बा, ड्राफ्ट, कार्ड, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधासहित ८४ शाखा, ७९ एटिएम र एक सय दुई शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत