बजार संक्षेप

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

  नागरिक   2019-11-14

काठमाडौं- नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट प्रथम भई सम्मानित भएको छ । 
एन.एस.क्वालिटी अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगलाई  सम्मान स्वरुप प्रदान गर्दै आईरहेको छ ।एन.एस.क्वालिटी अवार्ड सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टलाई प्रदान गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री बैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक श्री विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष श्री सतिस मोरको  विशेष आथित्यता रहेको उक्त कार्यक्रमा अतिथिहरुबाट उक्त अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष श्री सुरेन्द्रकुमार गोयल ज्यूलाई हस्तान्तरण गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेखित छ। 
क्वलिटिको मामलामा नो कम्प्रोमाइज भन्दै देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको हो । ओ. पी. सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।

यसमा तपाईको मत