बजार संक्षेप

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न

  नागरिक   2021-11-03

शिवम् सिमेन्ट्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभाले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रूपैयाँ मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ।

साथै कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित संलग्न विवरण, आव २०७८/७९ को आयव्ययको लेखापरीक्षण गर्न सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ।

यसमा तपाईको मत