बजार संक्षेप

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

  नागरिक   2019-11-14

काठमाडौं– आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । सिस्टममा आधारित ‘लक्की ड्र मार्फत इन्द्रराज शेरचन विजेता भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युकेस्थित रिया मनी ट्रान्सफरमार्फत ५० हजार एक सय ३७ रुपैयाँ 
नेपाल पठाएको र जसको दुई गुणाले हुन आउने एक लाख दुई सय ७४ रुपैयाँ उनले जितेको जनाइएको छ । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनलाई प्रदान गरिएको छ ।
आइएमईले दसैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर कात्तिक मसान्तसम्म कायम रहने उल्लेख छ ।
अफरअनुसार हरेक दिन आइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल, हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत