बजार संक्षेप

ग्लोबल आइएमई क्यापिटल साधना लघुवित्तको सेयर बिक्री प्रबन्धक

  नागरिक   2019-11-29

काठमाडौं– ग्लोबल आइएमई क्यापिटल र साधना लघुवित्त वित्तीय संस्थाबीच सेयर बिक्री प्रबन्धक सम्बन्धी सम्झौता भएको छ ।
आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल तथा साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई क्यापिटल साधना लघुवित्तको सेयर बिक्री प्रबन्धकको काम गर्ने तथा ६ लाख ३० हजार कित्ता साधारण सेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले हुने कुल रकम ६ करोड ३० लाख रुपैयाँ निष्कासन तथा बिक्री गर्ने सम्झौता भएको जनाइएको छ ।
 

यसमा तपाईको मत