बजार संक्षेप

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

    2019-07-19

 

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी सम्झौताअनुसार बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखासम्बन्धी अन्य सेवा बैंकका शाखा कार्यालयबाट उपाय सर्भिसेजमार्पmत सहज रूपमा परामर्श लिन गर्न सकिनेछ । बैंकले विभिन्न प्रकारका बैंकिङ सुविधासहित ८६ शाखाबाट सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत