बजार संक्षेप

‘ब्ल्याक पिंक डान्स फेस्टिवल’का १० प्रतिस्पर्धी समूह छनोट

  नागरिक   2019-12-26

काठमाडौं– ब्ल्याकपिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनोट गरिएको छ । प्रतिस्पर्धाका लागि निर्धारित तीनजनाको जुरीले प्राप्त भिडियो मध्येबाट उत्कृष्ट १० प्रतियोगीको समूह छानेको विज्ञप्तिमा उल्लेख छ  । 
यही डिसेम्बर २८ मा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउन कुनै पनि व्यक्ति वा समूहले के पप सङ्समा एक मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । 
छनोटमा परेका १० प्रतिस्पर्धीलाई सामसङ नेपालका तर्फबाट पाँच–पाँच हजारभन्दा बढीको गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ । 
फाइनलमा पुगेका १० टिममध्ये टप ३ मा पर्नेलाई सामसङ नेपालले विशेष पुरस्कार प्रदान गर्नेछ । जसमा पहिलो हुने टिमलाई चार सेट सामसङ ए८० फोन, दोस्रोेलाई सामसङ ए५०एस र तेस्रोलाई सामसङ ए३०एस फोन सेट उपलब्ध गराउने पनि विज्ञप्तिमा जनाइएको छ ।
 

यसमा तपाईको मत