बजार संक्षेप

आरबिबी इम्ल्पोइमेन्ट एकेडेमीको दोस्रो चरण सुरु

  नागरिक   2019-12-29

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले इम्ल्पोइमेन्ट एकेडेमीको दोसो चरणको कार्यक्रम प्रदेश नम्बर १ को लागि सुरु गरेको छ । 
फाइनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने बैंकले जनाएको छ ।
एकेडेमीले पुस १२ गतेबाटै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीनदिने टेक्निकल, बिहेभिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा पुस २५ देखि २७ गतेसम्म विराटनगरमा  सञ्चालन गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रदेश नम्बर १ अन्तर्गत स्नातक र स्नाकोत्तर गरेका र कुनै प्रकारको रोजगारीमा आवद्ध नभएका व्यक्तिलाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको बैंकले जनाएको छ । वित्तीय क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने युवाले यसबाट भरपूर लाभ लिन सक्ने बैंकको विश्वास छ ।
आवेदकमध्ये निश्चित मापदण्डको आधारमा ५० जना छानेर बैंकले उक्त तालिमा सहभागी गराई पेड इन्टर्नसिपमा निश्चित अवधिको लागि राख्नेछ ।
हाल बैंकले दुई सय ३८ शाखा कार्यालय, दुई सय चार एटिएम र ९३ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत