बजार संक्षेप

सन नेपालको दोस्रो सभा

  नागरिक   2019-12-23

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 
कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्तसम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय सञ्चालन गरी करिब १५ हजार अभिकर्ता संरचना तयार गर्नुका साथै छोटो अवधिमै उल्लेखनीय बिमालेख बिक्री गरी देशभर सञ्जाल र कारोबार विस्तार गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत