बजार संक्षेप

स्कुल भ्यान सहयोग

  नागरिक   2019-12-08

काठमाडौं– एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । 
एसजिसिपी एक गैर–सरकारी तथा गैर–नाफामूलक संस्था रहेको र यो मस्तिष्क पक्षघात भएका बालबालिका तथा युवालाई सहयोग गर्न र उनीका अभिभावकलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बैंकले जनाएको छ । 
बैंकका निर्देशक बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले एसजिसिपीका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठलाई स्कुल भ्यान हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय २२ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत