बजार संक्षेप

संस्कृति इन्टरनेशनल स्कुल लाई आईपीसी अक्रेडिटेशन प्राप्त

    2019-08-01

काठमाडौं– संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्रा्ष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय बन्न सफल भएको कम्पनीको प्रेस बिज्ञप्तिमा उलेखित छ। यो मान्यता फिल्डवर्क एजुकेशन युकेले त्यस्ता विद्यालयहरुलाई प्रदान गर्दछ जसले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्दछ। विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढि विद्यालयहरुले पालना गर्ने आईपीसीको आधिकारिक अक्रेडिटेशन हालसम्म १७ वटा विद्यालयले मात्र प्राप्त गरेका छन् र संस्कृति इन्टरनेशनल स्कुल ती १७ विद्यालय मध्यको एक भएको उक्त प्रेस बिज्ञप्तिमा जानकारी दिइएको छ। 

संस्कृति इन्टरनेशनल स्कुलले अध्ययनलाई सुधार गर्न इन्टरनेशनल अर्ली इयर करिक्युलम (आईईवाईसी), इन्टरनेशनल प्राइमेरी करिक्युलम (आईपीसी), इन्टरनेशनल मिडल इयर करिक्युलम (आईएमवाईसी) का सर्वाेत्कृष्ट विधि  प्रयोग गरि राष्ट्रिय पाठ्यक्रमसँग सफल परिमार्जन गरिरहेको छ । यसको सहयोगले नै संस्कृति इन्टरनेशनल स्कुलले विद्यार्थीको नेतृत्वदयी क्षमता तथा बालबालिका केन्द्रित अध्ययनमार्फत परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको जानकारी उल्लेखित छ।

आईपीसी एक विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम हो जसले स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न मद्दत गर्दछ । आईपीसी ५ देखि ११ वर्ष उमेरका विद्यार्थीहरुका लागि उपयुक्त छ जसलाई विश्वभरका ९२ देशका ७३० भन्दा बढि विद्यालयहरुले प्रयोग गर्दछ । यसले दिमाखलाई अन्तर्रा्ष्ट्रियस्तरमा विकास गर्दै व्यक्तिगत शिक्षालाई प्रत्सोहान गर्दछ । आईपीसीले अभिभावकहरुलाई सिकाईमा संलग्न गर्दै कक्षाकोठा र घरमा सिक्ने प्रासंगिकता बुझ्न सहयोग गर्ने उक्त बिज्ञप्तिमा उल्लेखित छ।
 

यसमा तपाईको मत