बजार संक्षेप

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठमा

  नागरिक   2020-01-08

काठमाडौँ- सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेलज्यू, बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठज्यू र श्री हरिवंश आचार्यज्यू (मह जोडी) द्वारा संयुक्त रुपमा गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
समुद्घाटन् समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेलज्यूले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे। त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालज्यूले सानिमा बैंक   सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गरे त्यस्तै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। समुद्घाटन् समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानिय वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेको जनाएको छ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ।

यसमा तपाईको मत