बजार संक्षेप

सानिमा - पाटन अस्पताल सम्झौता

  नागरिक   2020-01-15

काठमाडौँ- सानिमा बैंक लिमिटेड र पाटन अस्पताल बीच निम्नआर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । 
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आय स्तर भएका महिलाहरुलाई प्रतिव्यक्तिरु.बीस हजार (२०,०००) सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदैआएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको छ। सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यलेनै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृतश्री भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाटनिर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गर्नुभएको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आय स्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताउनुभयो।

यसमा तपाईको मत