बजार संक्षेप

सानिमा–मेडिसिटी सम्झौता

  नागरिक   2020-01-08

काठमाडौं– सानिमा बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख निक्षेप अधिकृत बबिसिंह गड्तौला र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त अस्पतालमा उपचारको क्रममा सहज भुक्तानी गर्न सक्ने जनाइएको छ । साथै, बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चमा सात प्रतिशतसम्म छुट पाउन सक्ने जनाइएको छ ।

यसमा तपाईको मत