बजार संक्षेप

अस्पताललाई सानिमा बैंकको वाटर फिल्टर

  नागरिक   2020-01-06

काठमाडौं– पोखरास्थित सानिमा बैंकको शाखाले आँखा अस्पतालाई पानी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७, घारी पाटनस्थित हिमालय आँखा हस्पिटलमा आउने बिरामी र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गरी पानी शुद्धीकरण गर्ने मेसिन प्रदान गरेको बैंकले जनाएकोे छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले अस्ततालका प्रमुख मेडिकल डाइरेक्टर इन्द्रमान मर्हजनलाई उक्त मेसिन हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ७९ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ७८ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको छ । 

यसमा तपाईको मत