बजार संक्षेप

सानिमा बैंकको विशेष छुट

  नागरिक   2019-12-06

काठमाडौं– सानिमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा ‘अफर सानिमा बैंकको, रोजाइ तपाईंको’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बैंकको विभिन्न डिजिटल सेवा तथा सामान खरिदमा छुट हुने बैंकले जनाएको छ ।
ग्राहकलक्षित यो योजना मंसिर २० देखि २२ सम्म लागू हुने जनाइएको छ । यो योजनाअन्तर्गत बैंकको डिजिटल सेवा (डेबिट–क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायत) मा जारी शुल्क नलाग्ने व्यवस्था बैंकले जनाएको छ । साथै विभिन्न रेस्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था रहेको उल्लेख छ । 
हाल बैंकले ७९ शाखा, एक एक्सटेन्सन काउन्टर र ७५ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत