बजार संक्षेप

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर

  नागरिक   2019-12-30

काठमाडौँ- सानिमा बैंक लिमिटेडले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 
बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । 
साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउने जानकारी बैङ्कद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 


 

यसमा तपाईको मत