बजार संक्षेप

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

  नागरिक   2019-09-04

काठमाडौं– सानिमा बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यसहित टिच फर नेपाललाई विगतमा जस्तै १० लाख रुपैयाँ सहयोग गरेको छ ।
सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई उच्चस्तरीय शिक्षा दिने दूरदर्शिताका साथ उक्त संस्था विगत ६ वर्षदेखि कार्यरत रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले हाल एक सय ३८ जना प्रज्ञार्थी शिक्षकबाट सात जिल्लाका ६५ सामुदायिक विद्यालयमा अध्ययनरत १० हजार विद्यार्थीमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका जनाइएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विगत सात बर्षदेखि शैक्षिक छात्रवृत्ति दिँदै आएको तथा ७९ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ७५ एटिएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।

यसमा तपाईको मत