बजार संक्षेप

सानिमाको जितपुर, मध्यबानेश्वर र बोडेमा शाखा

  नागरिक   2021-10-10

सानिमा बैंकले कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी सेवा सञ्चालन गरेको छ।

जितपुर कार्यालयको प्रदेश सभा सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

त्यस्तै, मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले गरेका छन् भने बोडे कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उद्घाटन गरेको बैंकले जनाएको छ।

हाल बैंकले एक सय १२ कार्यालय र ९७ एटिएमबाट सेवा दिँदै आएको छ।

यसमा तपाईको मत