बजार संक्षेप

सानिमाको दसैंविशेष योजना

  नागरिक   2021-09-19

बडादसैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष दसैं बम्पर योजना सुरु ल्याएको छ।

असोज १ गतेदेखि लागु योजनाअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती खातामा मासिक ९।५१ प्रतिशतसम्म उच्च ब्याजदर दिने र खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर र डिम्याट खाता निःशुल्क प्रदान गर्ने जनाएको छ।  

साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याज प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपांगता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बिमा, ३ लाख रूपैयाँबराबरको घातक रोगको बिमा, ५० हजार रूपैयाँबराबरको मेडिकल बिमालगायत सेवा प्रदान गरिने जारी विज्ञपप्तिमा उल्लेख छ।

यसमा तपाईको मत