बजार संक्षेप

सांग्रिला–क्यान्सर हस्पिटल सम्झौता

  नागरिक   2019-09-25

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डबाहक र ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । 
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत