बजार संक्षेप

सांग्रिला बैंक र एलबिएबीच सम्झौता

    2019-07-11

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । 
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, डेबिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा, सुविधामा १० प्रतिशत छुट हुनेछ ।
सम्झौतापत्रमा बैंकका क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेसनल एकेडेमीका प्रबन्ध सञ्चालक सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत