बजार संक्षेप

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव समापन

  नागरिक   2021-10-31

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ। बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै विभिन्न कार्यक्रम गरी मनाएको हो।

बैंकले सोहि दिन १००औं शाखाको रुपमा सुर्खेतस्थित यारी चोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ। त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रकम २ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

 

 

यसमा तपाईको मत