बजार संक्षेप

सामसङ्ग डिजिटल प्लाजा अब पुलचोकमा

    2019-07-11


काठमाडौँ- सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ  । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेको हो ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि. का निर्देशक श्रीमती सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा श्री आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका हुन्।
१५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ । 

सामसङ्ग  डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग  डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । 
 

यसमा तपाईको मत