बजार संक्षेप

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

  नागरिक   2019-10-03

काठमाडौँ- सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको छ। नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिको साथ शक्तिशाली प्रोसेसर जस्ता विशेषताको साथ यी नयाँ स्मार्टफोनहरुले उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
ग्यालेक्सी ए५०एसमा इनोवेटिभ अलाइव क्यामराका विशेषताहरु रहेका छन्। यसमा वेस्ट सटको परामर्श प्रदान गर्ने सुविधा रहेको छ, जुन सुटिङ्गको समयमा सर्वोत्कृष्ट कम्पोजिसनको लागि सुझाव गर्दछ। इन्टलिजेन्ट सीन अप्टिमाइजरले सब्जेक्टलाई सिलसिलाबद्ध गरी कलर, कन्ट्रेस्ट एवं ब्राइटनेसलाई एडजस्ट गरी फोटोको गुणस्तरीयतालाई अप्टिमाइज गर्दछ ।   
नयाँ ग्यालेक्सी ब्छण्क मा प्रिमियम १० एन एमको  एक्साइनोस ९६११ चिपसेट रहेको छ, जुन एआई पावर्ड गेम बुस्टरको साथ उपलब्ध रहेको छ। यसमा फ्रेम दर, गेमिङ्गको कार्यक्षमता तथा हाई परफमेन्ट गेमको यही अवधिमा सुधार हुन्छ। ४००० एमएएच को व्याट्री, १५ वाट फास्ट चार्ज प्रविधिको ग्यालेक्सी  ग्यालेक्सी ए५०एसमा ६ जिवि र्याम एवं १२८ जिबि स्टोरेज उपलब्ध रहेको छ उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ। 
ग्यालेक्सी ब्छण्क मा ६.४ इन्चको  एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी–यू डिस्प्ले तथा अन–स्क्रिन  फिङ्गगरप्रिन्ट अनलकिङ्ग रहेको छ । यो फोन नक्स सेक्युरिटिद्वारा सुरक्षित रहेको छ । 

ग्यालेक्सी ए५०एसको खरिद मूल्य रु. ४२,१९० तोखिएको छ । यो फोन दुई आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध रहेको छ । यो फोन नेपाली बजारमा असोज १२ गतेदेखि उपलब्ध रहेको जनाइएको छ।

 
 

यसमा तपाईको मत