बजार संक्षेप

सामसङको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ उपाधी सेलेस्टीअललाई

  नागरिक   2019-12-29

काठमाडौँ- सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधी CELESTIAL टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिष्पर्धी समूहलाई पछि पार्दै CELESTIAL  ले ‘ब्ल्याक पिंक डान्स फेस्टिवलको उपाधी रच्न सफल भएको हो । प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिष्पर्धीलाई उछिन्दै अन्तिम प्रतिष्पर्धाकालागि छानिएका १० प्रतियोगी समूहमध्येवाट  CELESTIAL टिम आफूलाई अब्बल सावित गर्न सफल भएको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
काठमाडौंको Silver Oak Banquet and Events Center, Gairidharaमा शनिबार सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न K Pop Songमा आफ्नो डान्स प्रश्तुत गरेका थिए। त्यसरी आफ्नो डान्स प्रश्तुत गर्नेहरु मध्येवाट प्रतिष्पर्धाकालागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतियोगितामा 3APM समूह दोस्रो हुन सफल भएको छ भने CREDO-IN CREW  समूह तेश्रो हुन सफल भएको छ । विजेता मध्ये प्रथम हुने टिमले चार सेट सामसङ A80 फोन, दित्तिय हुनेले सामसङ A50s र तृतियहुनेले सामसङ A30s फोन सेट प्राप्त गरेको कम्पनीले जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 
प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाकालागि गत मगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । ती प्रतियोगि टिम क्रमशः H2B (Hearts To Beat), CELESTIAL, Dreaming in   K POP, CREDO-IN CREW, DeepikaTamang, Samir Khatri, Sky little wings, T-gans, 3APM /Lágom x' हुन्। उनीहरुलई शुरुमा कुनैपनि K POP सँगमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको कम्पनीले जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रतियोगितामा सहभागी हुनकालागि कम्पनिले डिसेम्वर महिनाको २० तारिक सम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिष्पर्धीले सामसङ नेपालका तर्फवाट ५/५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै शनिबारको फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि उनीहरुले प्राप्त गरे ।  त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागीदर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गरे । ब्ल्याकपिंक कभर डान्स कन्टेक्स्ट नामको यो सांगितिक कार्यक्रम कोरियन संस्कृति र संगितले भरिपूर्ण रहेको जानकारी उक्र जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत